Sarara Sarara

सरर सरर हो लिङ्गे पिङैमा
सरर सरर हो लिङ्गे पिङैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
झर्ला है झर्ला, झर्ला है झर्ला
शिरको फुल झर्ला भुइँमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा

हरियो लिङ्गा, पातै छ हरियो
मायाले तिम्रो यो छाती भरियो
लच्किने डोरि मच्चियो सरर
बाचुन्जेल माया मरेसी के छ र
आखैमा हो आखैमा, आखैमा हो आखैमा
मायाको मुहार झल्झली आखैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा

धान है झुल्यो खेतमा लसरी
तिम्रो नै कुरा खेल्याछ मनभरी
खानु र लाउनु पुगे त लाखै हो
जस्तो जे भानी छेउछेउ त आकै हो
आसैमा हो आसैमा, आसैमा हो आसैमा
यो ज्यान जुनि बाच्याछ आसैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा



Credits
Writer(s): Pushkar Parajuli
Lyrics powered by www.musixmatch.com

Link