Pattai Bhayena (Male Vocals)

पत्तै भएन
हो, पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो
पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो
एउटै मुटु थियो, होसै भएन कसरी तिम्रो साथमा छोडियो
पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो

कस्तो जादु तिम्रो मीठो बोलीमा? के-के छ तिम्रो त्यो नजरमा?
कस्तो जादु तिम्रो मीठो बोलीमा? के-के छ तिम्रो त्यो नजरमा?
बिम्ब बनेर नाचिरहन्छौ दिनरात हरेक प्रहारमा

थाहै नपाई यो मन
थाहै नपाई यो मन कसरी तिमीतिरै मोडियो?

पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो

सुस्त-सुस्त आयौ, डेरा जमायौ मेरो मनको सँघारैमा
सुस्त-सुस्त आयौ, डेरा जमायौ मेरो मनको सँघारैमा
बस्यौ मनमा वास, देऊ न मलाई साथ घुम्ती, मोड, जँघारैमा

थिए जे-जे बाधा
थिए जे-जे बाधा, सबै नै बन्धनहरू तोडियो

पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो
एउटै मुटु थियो, होसै भएन कसरी तिम्रो साथमा छोडियो
पत्तै भएन कुन बेला तिमीसँग नाता जोडियो



Credits
Lyrics powered by www.musixmatch.com

Link