Maile Timi Lai

मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिन
मैले तिम्रो साथ पाउन सकिन
जिवनभरि नै आँसु पिउँदा नि
तिमीलाई गुन लाउन सकिन
मैले तिमीलाई गुन लाउन सकिन
मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिन

गहभरी आँसु पारि दुख पोख्छु एकान्तमा
कसको आत्मा जल्दैन र बिछोडमा वियोगान्तमा
गहभरी आँसु पारि दुख पोख्छु एकान्तमा
कसको आत्मा जल्दैन र बिछोडमा वियोगान्तमा
सबथोक त्यागी तिमीलाई जिवन अर्पण गरें मैले
मेरो आँसु बग्दा पनि तिमी हाँस्छौ अहिले
मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिन
तिमी आफै भन्ने गर्थेउ सँगै जिउँला सयौं जुनी
मैले ज्यानै दिँदा पनि किन घात गरेउ बैगुनी
तिमी आफै भन्ने गर्थेउ सँगै जिउँला सयौं जुनी
मैले ज्यानै दिँदा पनि किन घात गरेउ बैगुनी
मेरै हातले पुछी दिन्थें तिम्रो आँसु झर्दा
आखिर तिम्रो साथै पाइन आज एक्लो पर्दा
मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिन
मैले तिम्रो साथ पाउन सकिन
जिवनभरि नै आँसु पिउँदा नि
तिमीलाई गुन लाउन सकिन
मैले तिमीलाई गुन लाउन सकिन
मैले तिमीलाई चाहेर पनि
तिम्रो साथ पाउन सकिन



Credits
Writer(s): Ramesh Bhattarai
Lyrics powered by www.musixmatch.com

Link