Paap Lagla Ki

मलाई पाप लाग्ला, पाप लाग्ला, पाप लाग्ला कि?
तिमीलाई बात लाग्ला, बात लाग्ला, बात लाग्ला कि?

छाडी जाऊँ, मायालु, पाप लाग्ला कि?
छाडी जाऊँ, मायालु, पाप लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?

मलाई पाप लाग्ला, पाप लाग्ला, पाप लाग्ला कि?
तिमीलाई बात लाग्ला, बात लाग्ला, बात लाग्ला कि?

तिमीलाई सानो चोट लाग्दा खेरी चस्किन्छ यो छाती
छातीभित्र मेरो मायाको घाउ दुख्छ राति राति
तिमीलाई सानो चोट लाग्दा खेरी चस्किन्छ यो छाती
छातीभित्र मेरो मायाको घाउ दुख्छ राति राति, दुख्छ राति राति

खाटा उक्काउँ, मायालु, घाउ लाग्ला कि?
खाटा उक्काउँ, मायालु, घाउ लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु बात लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु बात लाग्ला कि?

मलाई पाप लाग्ला, पाप लाग्ला, पाप लाग्ला कि?
तिमीलाई बात लाग्ला, बात लाग्ला, बात लाग्ला कि?

मेरो मुटु हौ, नबिर्सनु तिमी सधैँ धड्किन
कसम! तिमीबिना पलभर बाँच्न सक्दिनँ
मेरो मुटु हौ, नबिर्सनु तिमी सधैँ धड्किन
कसम! तिमीबिना पलभर बाँच्न सक्दिनँ, बाँच्न सक्दिनँ

वचन तोडुँ, मायालु, श्राप लाग्ला कि?
वचन तोडुँ, मायालु, श्राप लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?

मलाई पाप लाग्ला, पाप लाग्ला, पाप लाग्ला कि?
तिमीलाई बात लाग्ला, बात लाग्ला, बात लाग्ला कि?

छाडी जाऊँ, मायालु, पाप लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?
पुछिदिन्थेँ तिम्रो आँसु, बात लाग्ला कि?

मलाई पाप लाग्ला, पाप लाग्ला, पाप लाग्ला कि?
तिमीलाई बात लाग्ला, बात लाग्ला, बात लाग्ला कि?



Credits
Writer(s): Manoj Barakoti
Lyrics powered by www.musixmatch.com

Link