Nakaiko Tuppomaa

नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?
नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?

नरिसाऊ न, नरिसाऊ न
माया गर्ने मान्छेसँग नरिसाऊ न

नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?

तिमी मङ्गली, म तिम्रो मङ्गले
माया, पिरेम बस्यो आफ्नै ढङ्गले
तिमी मङ्गली, म तिम्रो मङ्गले
माया, पिरेम बस्यो आफ्नै ढङ्गले

बुटवल, धनगढी हुँदै घुमौँला डोटी
मुसुक्क हाँसिदेऊ न लौ न एकचोटि
मुसुक्क हाँसिदेऊ न लौ न एकचोटि

नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?

असारे रोपाइँ, मङ्सिरमा दाइँ
मेरो यो चोखो माया दिउँला तिमीलाई
असारे रोपाइँ, मङ्सिरमा दाइँ
मेरो यो चोखो माया दिउँला तिमीलाई

बुटवल, धनगढी हुँदै घुमौँला डोटी
मुसुक्क हाँसिदेऊ न लौ न एकचोटि
मुसुक्क हाँसिदेऊ न लौ न एकचोटि

नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?
नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?

नरिसाऊ न, नरिसाऊ न
माया गर्ने मान्छेसँग नरिसाऊ न

नाकैको टुप्पोमा कति तातो रिस?
हुँदैन किन नि २० मा १९?



Credits
Writer(s): Rabiman Singh Basnyat, Tika Bamjan
Lyrics powered by www.musixmatch.com

Link