Kasari (feat. Melina Rai)

भेट त भइहाल्यो हाम्रो, अब छुटिने होला कसरी?
भेट त भइहाल्यो हाम्रो, अब छुटिने होला कसरी?
दिएर मन एउटालाई अर्कैसँग लुटिने होला कसरी? कसरी?
आँधीहुरी, असिना, भेल छुट्यो
पिरतीमा चढेको रेल छुट्यो, रेल छुट्यो, रेल छुट्यो
भाग्यले नै ठगेको म, भाग्यमानी भन्छन् मलाई
पिरतीले खुशी दियो, पिरतीले लुट्यो मलाई
छलिरहेँ आँसुहरू, बगाई लग्यो आखिर
पिरतीको स्तम्भ यो ढलाई गयो आखिर
पिरतीको स्तम्भ यो ढलाई गयो आखिर

भेट त भइहाल्यो हाम्रो, अब छुटिने होला कसरी?
फेरि अर्को जन्म होला भगवान्ले चाहे
तिमीसँगै भेट होला भगवान्ले चाहे
भए पनि नभएझैँ होलान् मेरा यादहरू
एक्लै होला जीवनयात्रा, कति आउलान् बाधाहरू
एक्लै होला जीवनयात्रा, कति आउलान् बाधाहरू

भेट त भइहाल्यो हाम्रो, अब छुटिने होला कसरी?
दिएर मन एउटालाई अर्कैसँग लुटिने होला कसरी? कसरी?
सुख कहाँ फुल्छ र बोटमा
फुल्यो फूल, ओइलियो चोटमा, चोटमा, चोटमा



Credits
Writer(s): B Pandey, Subash Bhusal
Lyrics powered by www.musixmatch.com

Link