Bolideu Aadhara (feat. Prakash Saput & Gita Dhungana)

हा, हा, सँगै जुनी काट्ने धोको नभएको हैन
हे, सँगै जुनी काट्ने धोको नभएको है
तिम्लाई आफ्नो बनाउन त भाग्य छ कि छैन
ज्यान देऊ कल्ले भन्छ र?
बोलिदेऊ अधर, बोलिदेऊ अधर

ह, बोलोदेऊ अधर, ज्यान देऊ कल्ले भन्छ र?
बोलोदेऊ अधर, ज्यान देऊ कल्ले भन्छ र?
बोलोदेऊ अधर, ज्यान देऊ कल्ले भन्छ र?
बोलोदेऊ अधर, ज्यान देऊ कल्ले भन्छ र?
ए, बोलोदेऊ अधर, ज्यान देऊ कल्ले भन्छ र?

हा-आ, म त सधैँ राजी नै छु तिम्लाई जोबन दिन
ए, भाग्यलाई दोष देखाएर तर्किँदै छौ किन?
डाली फेर्यो न्याउलीले (न्याउलीले, न्याउलीले)
भाका फेर्यो दाइले, भाका फेर्यो दाइले

हा-आ, भाका फेर्यो दाइले, डाली फेर्यो न्याउलीले
भाका फेर्यो दाइले, डाली फेर्यो न्याउलीले
भाका फेर्यो दाइले, डाली फेर्यो न्याउलीले
भाका फेर्यो दाइले, डाली फेर्यो न्याउलीले
ए, भाका फेर्यो दाइले, डाली फेर्यो न्याउलीले

हा-आ, सुखी ज्यानलाई कहाँ होला म दुःखीको भर?
हे, सुखी ज्यानलाई कहाँ होला म दुःखीको भर?
जूनका सामु जुनकिरीको के महत्त्व छ र?
सुनको दाँजो लाउँछु र? (लाउँछु र? लाउँछु र?)

हा, हा म त जाबो पित्तल, सुनको दाँजो लाउँछु र?
म त जाबो पित्तल, सुनको दाँजो लाउँछु र?
म त जाबो पित्तल, सुनको दाँजो लाउँछु र?
म त जाबो पित्तल सुनको दाँजो लाउँछु र?
ए, म त जाबो पित्तल, सुनको दाँजो लाउँछु र?

हा-आ, शिरमाथि होस् तिम्रै नामको सिन्दुरको धरको
ए, शिरमाथि होस् तिम्रै नामको सिन्दुरको धरको
यहाँभन्दा सुहाउने चिज हुन्न मलाई अर्को
टिप, अन्त नडुल (नडुल, नडुल)
मन परेको फूल, मन परेको फूल

हा, मन परेको फूल, टिप, अन्त नडुल
मन परेको फूल, टिप, अन्त नडुल
मन परेको फूल, टिप, अन्त नडुल
मन परेको फूल, टिप, अन्त नडुल
ए, मन परेको फूल, टिप, अन्त नडुल

हा, हा, एउटै भाको दुई मुटुलाई चिरा पारिदिन्छ
हे, एउटै भाको दुई मुटुलाई चिरा पारिदिन्छ
रूप, धनको खेलमा, बरै! माया हारिदिन्छ
भाछ मलाई दोमन (दोमन, दोमन)
के गरुँ खै? भन, के गरुँ खै? भन

हा, के गरुँ खै? भन, भाछ मलाई दोमन
के गरुँ खै? भन, भाछ मलाई दोमन
के गरुँ खै? भन, भाछ मलाई दोमन
के गरुँ खै? भन, भाछ मलाई दोमन
ए, के गरुँ खै? भन, भाछ मलाई दोमन

हा, मायाभन्दा ठूलो रूप, धन मान्दिनँ म
ए, मायाभन्दा ठूलो रूप, धन मान्दिनँ म
मनले तिम्लाई रोजेको छ, अरु जान्दिनँ म
अलमल नगर (नगर, नगर)
तिम्रै शिरोभर, तिम्रै शिरोभर

हा, तिम्रै शिरोभर, अलमल नगर
तिम्रै शिरोभर, अलमल नगर
तिम्रै शिरोभर, अलमल नगर
तिम्रै शिरोभर, अलमल नगर
ए, तिम्रै शिरोभर, अलमल नगर

हा, हा, दुनियाँमा आँसु धेरै यही मायाले गर्दा
हे, दुनियाँमा आँसु धेरै यही मायाले गर्दा
तर तिम्ले साथ नछोडे अप्ठ्यारोमा पर्दा
अलपत्रैमा नपार (नपार, नपार)
सँगै जङ्घार तार, सँगै जङ्घार तार

हा, सँगै जङ्घार तार, अलपत्रैमा नपार
सँगै जङ्घार तार, अलपत्रैमा नपार
सँगै जङ्घार तार, अलपत्रैमा नपार
सँगै जङ्घार तार, अलपत्रैमा नपार
ए, सँगै जङ्घार तार, अलपत्रैमा नपार

हा, यही मायाले हाँसीखुसी जीवन चलाउँदछ
ए, यही मायाले हाँसीखुसी जीवन चलाउँदछ
सङ्का गरे यही मायाले लङ्का जलाउँदछ
तिमी नै हौ विश्वास (विश्वास, विश्वास)
तिमी नै हौ खास, तिमी नै हौ खास

हा, तिमी नै हौ खास, तिमी नै हौ विश्वास
तिमी नै हौ खास, तिमी नै हौ विश्वास
तिमी नै हौ खास, तिमी नै हौ विश्वास
तिमी नै हौ खास, तिमी नै हौ विश्वास
ए, तिमी नै हौ खास, तिमी नै हौ विश्वास

हा, हा, मायासँगै विश्वास हुन्छ, विश्वाससँगै भर
हे, मायासँगै विश्वास हुन्छ, विश्वाससँगै भर
स्वर्ग जस्तै बनाउनु छ यो मायाको घर
यो मायाको संसार (संसार, संसार)
झिलिमिली पार, झिलिमिली पार

हा, झिलिमिली पार, यो मायाको संसार
झिलिमिली पार, यो मायाको संसार
झिलिमिली पार, यो मायाको संसार
झिलिमिली पार, यो मायाको संसार
ए, झिलिमिली पार, यो मायाको संसार

हा, तिमी मेरो देवता हौ, म पुजारीसरी
ए, तिमी मेरो देवता हौ, म पुजारीसरी
तिम्रै पूजा गर्न पाउँ यो जिन्दगीभरि
तिम्रै काखमा परान (परान, परान)
तिम्लाई जीवन दान, तिम्लाई जीवन दान

हा, तिम्लाई जीवन दान, तिम्रै काखमा परान
तिम्लाई जीवन दान, तिम्रै काखमा परान
तिम्लाई जीवन दान, तिम्रै काखमा परान
तिम्लाई जीवन दान, तिम्रै काखमा परान
ए, तिम्लाई जीवन दान, तिम्रै काखमा परान



Credits
Writer(s): Shirish Devkota
Lyrics powered by www.musixmatch.com

Link