Na Risau Hai Ta

नरिसाऊ है त
नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ?
नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ?
तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ
तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ
नरिसाऊ है त

शीतको थोपा अडेको भन्दा झरेको मन पर्छ
शीतको थोपा अडेको भन्दा झरेको मन पर्छ
खुशीको भन्दा रिसाई तिमी झर्केको मन पर्छ

नरिसाऊ है त

उदयभन्दा अस्ताको बेला गोधूलि मन पर्छ
उदयभन्दा अस्ताको बेला गोधूलि मन पर्छ
लोलाको भन्दा टोलाको आँखा साह्रै मन पर्छ

नरिसाऊ है त

कात्तिकको भन्दा चैत्रको धुस्रो हिमाल मन पर्छ
कात्तिकको भन्दा चैत्रको धुस्रो हिमाल मन पर्छ
चिल्लेको भन्दा फिँजेको फुस्रो कपाल मन पर्छ

नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ?
नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ?
तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ
तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ
नरिसाऊ है त
नरिसाऊ है त

Mmm-hmm
ला-ला, ला-ला-ला



Credits
Writer(s): Neer Samsher Jabara
Lyrics powered by www.musixmatch.com

Link