Timro Maya, Pt. 3

तिम्रो माया कति छ कति, देखाउन सक्दिन म
तिम्रो माया कति छ कति, देखाउन सक्दिन म
यो दिलबाट तिमीलाई हटाउन सक्दिन म
तिम्रो माया कति छ कति, देखाउन सक्दिन म

तिमी मेरो जिन्दगीको पहिलो पाना हौ
तिमी मेरो जिन्दगीको पहिलो पाना हौ
सम्झिएर झर्ने मेरो आँसुदाना हौ

आँसुको त्यो मूल्य अब चुकाउन सक्दिन म
तिमीबिना एक्लो जीवन बिताउन सक्दिन म
तिम्रो माया...

फुल्यौ तिमी यो दिलभित्र, सजाएको छु
फुल्यौ तिमी यो दिलभित्र, सजाएको छु
तिम्रो माया मुटुभित्र लुकाएको छु

अलिकति पनि माया घटाउन सक्दिन म
तिमीबिना जिन्दगी यो कटाउन सक्दिन म
तिम्रो माया कति छ कति, देखाउन सक्दिन म

तिम्रो माया कति छ कति, देखाउन सक्दिन म
यो दिलबाट तिमीलाई हटाउन सक्दिन म
तिम्रो माया कति छ कति, देखाउन सक्दिन म



Credits
Writer(s): Sashi Lamichhane
Lyrics powered by www.musixmatch.com

Link