Chakamana

चकमन्न, सुनसान छ यो धर्ती आज
विलाप र चीत्कारको परिधिभित्र
कठोर परिस्थितिसँग सङ्घर्ष गरेर
बाँच्नपर्ने दुई पलको जिन्दगी यहाँ
त्रास अनि सन्तापको सिमानाभित्र

हे ईश्वर! तिम्रो कृपा-दृष्टि
एकै पल देऊ न यो धरातलमा (धरातलमा)
उड्न पाऊँ फेरि खुल्ला आकाशमा
अनेकौँ रङ्गबिरङ्गी सपना बोकेर

बन्द पिँजडाको निर्दोष पन्छी जस्तै
सुस्त-सुस्त रह्यो नि जिन्दगी यहाँ
कैयौँ चाहना मनभित्रभित्रै मारेर
बाँच्नपर्ने दुई पलको जिन्दगी यहाँ
जिउँदो लास भयो नि जिन्दगी यहाँ

हे ईश्वर! तिम्रो कृपा-दृष्टि
एकै पल देऊ न यो धरातलमा (धरातलमा)
उड्न पाऊँ फेरि खुल्ला आकाशमा
अनेकौँ रङ्गबिरङ्गी सपना बोकेर

उड्न पाऊँ फेरि
जिउन पाऊँ फेरि
उड्न पाऊँ फेरि
जिउन पाऊँ फेरि



Credits
Writer(s): Rapture Tales
Lyrics powered by www.musixmatch.com

Link