Siri Siri

सिरिसिरी चल्यो बतास, केही भन्यो पीपलु पातैले

उडेर जाला पछ्यौरी तिम्रो, समाउनू हातैले, समाउनू हातैले

अल्झे राम्रो काल्नामा, भीरमा अल्झे के गरौँ?
हो, अल्झे राम्रो काल्नामा, भीरमा अल्झे के गरौँ?
साथ दिन्थेँ, रिसाउने कोही छन् कि अरू?

घुरमा घुर घुर्यो नि दलिनैमा परेवा जोडीले

यो दिलमा कतै राज गर्ने हो कि यो गाउँकी मोरीले, यो गाउँकी मोरीले
सिरिसिरी चल्यो बतास, केही भन्यो पीपलु पातैले
उडेर जाला पछ्यौरी तिम्रो, समाउनू हातैले, समाउनू हातैले

फूलझैँ राम्री लजाउँदा, चर्चा तिम्रै गाउँभरि
हो, फूलझैँ राम्री लजाउँदा, चर्चा तिम्रै गाउँभरि
तिम्रै तस्बिर टाँसूँ कि घरको भित्ताभरि?

डुब्दै छ घाम, केही भन्यो गोधूलि साँझैले
डुब्दै छ घाम, केही भन्यो गोधूलि साँझैले
कट्मेरो बैँस दाग लगाउला तन्नेरी मनैले, तन्नेरी मनैले
सिरिसिरी चल्यो बतास, केही भन्यो पीपलु पातैले
उडेर जाला पछ्यौरी तिम्रो, समाउनू हातैले, समाउनू हातैले

समाउनू हातैले, समाउनू हातैले

Credits
Writer(s): Dawa Gurung
Lyrics powered by www.musixmatch.com

Link