Parda Bho

पर्दा भो, पर्दा भो, पर्दा भो, पर्दा भो
आफ्नै परेली पर्दा भो बत्ती निभेको बेला, घाउ दुखेको बेला
आफ्नै परेली पर्दा भो, पर्दा भो, पर्दा भो

हिँड्नु छ कति बाटो, पुग्नु छ कहाँ मैले
हजार घाउ दुख्छन् मेरा, खप्नु छ कति मैले
हिँड्नु छ कति बाटो, पुग्नु छ कहाँ मैले
हजार घाउ दुख्छन् मेरा, खप्नु छ कति मैले

त्यो काखको सिरानी, आफ्नो रित्तो जवानी
त्यो काखको सिरानी, आफ्नो रित्तो जवानी

भाग्यको रेखा पर्दा भो यो मन मरेको बेला, यो दिन ढलेको बेला
आफ्नै परेली पर्दा भो, पर्दा भो, पर्दा भो

मैले पनि लाएँ यहाँ बालीहरू रहरको
सरगम हजार गाएँ मीठा-मीठा प्रहरको

खै, भूल के हो मेरो, रित्तो यो जिन्दगी भो
खै, भूल के हो मेरो, रित्तो यो जिन्दगी भो

तिम्रो अँगालो पर्दा भो आँसु झरेको बेला, छाती जलेको बेला
आफ्नै परेली पर्दा भो, पर्दा भो, पर्दा भो

पर्दा भो, पर्दा भो



Credits
Writer(s): Devendra Rai
Lyrics powered by www.musixmatch.com

Link