Eakantama

एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?
मनको कुरा फुकाएर, आँखा आँखा जुधाएर
भन्न सक्दिनँ

जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
अल्मलिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?

झझल्कोले सताउँदा, घरिघरि झस्काउँदा
मलाई किन?
सयौं पटक कोशिस गरें, म प्रियसीको नजिक परें
बोली फुटेन

जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
लटपटिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?

जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
अल्मलिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?



Credits
Writer(s): Rajanraj Shiwakoti
Lyrics powered by www.musixmatch.com

Link