Mayako Karobar

आँसुको मूल्य तोक्ने बजार बनाइदेऊ
चोट लाग्छ नदुख्ने मुटु हजार बनाइदेऊ

आँसुको मूल्य तोक्ने बजार बनाइदेऊ
चोट लाग्छ नदुख्ने मुटु हजार बनाइदेऊ
सम्हाल्न गाह्राे हुन्छ, हजुर, आँसु झरेको बेलामा
आँसुको दामले कात्रो किनलान् म मरेको बेलामा

कारोबार गरिन् मायाको उनले, घाटामा परेँ, हजुर
हाँसो जति फाइदामा लगिन्, आँसुमा परेँ हजुर
कारोबार गरिन् मायाको उनले, घाटामा परेँ हजुर
हाँसो जति फाइदामा लगी, आँसुमा परेँ हजुर

मैले माया जोडेको बेला उनले घटाको थाहै भएन
किनेकी रैछिन् अर्को माया, मसँगै बस्ने चाहै भएन

कदर हुने मायाको संसार बनाइदेऊ
चोट लाग्दा नदुख्ने मुटु हजार बनाइदेऊ
चोट लाग्दा नदुख्ने मुटु हजार बनाइदेऊ

मायाको कित्ता महँगो भयो, किन्न सकिन, हजुर
धनसँग माया साटिँदो रैछ, चिन्न सकिन, हजुर
मायाको कित्ता महँगो भयो, किन्न सकिन, हजुर
धनसँग माया साटिँदो रैछ, चिन्न सकिन, हजुर

मनको मायाले भन्दा पनि धनको मायाले जित्ने भएछ
गरिबले माया लाउँदा, हजुर, पीडाले मुटु रेट्ने रहेछ

मनको पीडालाई नाप्ने औजार बनाइदेऊ
चोट लाग्दा नदुख्ने मुटु हजार बनाइदेऊ
चोट लाग्दा नदुख्ने मुटु हजार बनाइदेऊ



Credits
Writer(s): Prashant Bista
Lyrics powered by www.musixmatch.com

Link