Tadha Chhu Ma

टाढा छु म, मलाई टाढै रहन देऊ
टाढा छु म, मलाई टाढै रहन देऊ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ

तर्किएर तिमी हिँड्दा
तर्किएर तिमी हिँड्दा आगो लाग्थ्यो मेरो मनमा
कोइलीसँगै भाका हाली एक्लै रुन्थेँ वनमा

बाँकी केही खुशी बचे दिन्छु बरु, लेऊ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ

मनको गाँठो फुकाउन
मनको गाँठो फुकाउन शायदै ढिलो भयो
आँखा अघि सारा खुशी बिलाउँदै गयो

म त हारेँ पिरतीमा, तिमी जित्दै जाऊ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ

टाढा छु म, मलाई टाढै रहन देऊ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ
गर उसैलाई माया धेरै जो छ तिम्रो छेउ



Credits
Lyrics powered by www.musixmatch.com

Link