Aama

आमा रुन्छिन्, रुँदिन म
थाहा छ उनलाई कहाँबाट आउँदै छु म
मेरा पाइला लडखडाउँछन्
आमा रुन्छिन्, तर रुँदिन म

म त आफ्नै संसारमा, उडी आकाशमा, म त मस्त
मेरा यी पाइला लडखडाउँछन्, आवाज मधुर, म त लट्ठ
तर गाह्रो छ बुझाउन यी ससाना कुरा
जब होश आउँछ, एक्लै बसी रुन्छु म एकान्तमा

आमा रुन्छिन् घरीघरी
उनको सपनालाई गाँठो पारी
फेरि किन जानीजानी
उनलाई रुवाउँछु, तर रुँदिन म

म त आफ्नै संसारमा, उडी आकाशमा, म त मस्त
मेरा यी पाइला लडखडाउँछन्, आवाज मधुर, म त लट्ठ
तर गाह्रो छ बुझाउन यी ससाना कुरा
जब होश आउँछ, एक्लै बसी रुन्छु म एकान्तमा

कोशिश मैले नगरेको कहाँ हो र
नरोऊ अब, बरु माफ गर

फेरि म त आफ्नै संसारमा, उडी आकाशमा, म त मस्त
मेरा यी पाइला लडखडाउँछन्, आवाज मधुर, म त लट्ठ
तर गाह्रो छ बुझाउन यी ससाना कुरा
जब होश आउँछ, एक्लै बसी रुन्छु म एकान्तमा



Credits
Writer(s): Cool Pokharel
Lyrics powered by www.musixmatch.com

Link