Yo Duniya Ma

यो दुनियाँमा, यो मायाप्रेममा
यो दुनियाँमा, यो मायाप्रेममा
कति मन टुटे, कति वाचा-कसम टुटे
यसको के हिसाब छ र?
कति-कति दर्द, चोटमै जीवन मेटे
यो दुनियाँमा, यो मायाप्रेममा

यो रोग हो कस्तो, उपचार छैन जसको?
यो भोक हो कस्तो, तृप्ति नै छैन जसको?
आ, यो रोग हो कस्तो, उपचार छैन जसको?
यो भोक हो कस्तो, तृप्ति नै छैन जसको?
लागेको चोट प्रेममा, फेरि किन मन त्यहीँ खिचिरहेछ?

यो दुनियाँमा, यो मायाप्रेममा
कति मन टुटे, कति वाचा-कसम टुटे
यसको के हिसाब छ र?
कति-कति दर्द, चोटमै जीवन मेटे
यो दुनियाँमा, यो मायाप्रेममा

यो ताप हो कस्तो, माप छैन जसको?
यो तोड हो कस्तो, जोड छैन जसको?
Mmm, यो ताप हो कस्तो, माप छैन जसको?
यो तोड हो कस्तो, जोड छैन जसको?
पहिलो घाउ नभरिँदै फेरि किन खाटा त्यहीँ बल्झिरहेछ?

यो दुनियाँमा, यो मायाप्रेममा
कति मन टुटे, कति वाचा-कसम टुटे
यसको के हिसाब छ र?
कति-कति दर्द, चोटमै जीवन मेटे
यो दुनियाँमा, यो मायाप्रेममा

यो दुनियाँमा, यो मायाप्रेममा
यो दुनियाँमा, यो मायाप्रेममा



Credits
Writer(s): Unnati Bohara 'sheela'
Lyrics powered by www.musixmatch.com

Link