Najau Pradesh

आकाश कालो बादलले ढाकेर शून्य पारे नि
हो, मेरो हजुर, साथ कहिले नछोड्नु
यो जिन्दगानी दुई दिनको, सासमात्र एकै मुठी हो
हो, मेरो हजुर, हात कहिले नछोडनु

जीवन दुई दिनको ठूलो साथ नै हो
नजाऊ परदेश, जाला बैँस-उमेरै ढल्केर
रोला त्यो मन पराई देशैमा
गाह्रो पर्दामा, आफ्नो कोही नहुँदा साथैमा

एक छाक नै खाउँला, बाँडी रमाउँला, साहुको ऋण तिरौँला
टिनैको छानो फेर्न नसके खरैमा रमाउँला
वस्तु चराउँला, मेलापात धाउँला, पुरानै लगाउँला
यो चोली फाटे सिलाउँला, बरु माग्दिनँ केही म

तातो त्यो घामलाई छेक्ने कटेरो
मात्रै भए नि तिमीसँग जिन्दगी उज्यालो
काँध सिरानी सधैँ तिम्रै होस्
तर वियोगमा रुने दिन कहिले नि नआओस्

पहाड चढौँला, तराई झरौँला, हिमालै हेरौँला
मकै र कोदो, फापरमा बरु जिन्दगी कटाउँला
सालैजो भाका दोहोरी खेली पिरती लगाउँला
दुःखहरुलाई भुलेर झ्याउरे तालैमा नाचौँला

दौरा-सुरुवालमा, घलेक-भाङ्ग्रामा
ढाका टोपीमा, राम्रो तिमी नेपाली भेषैमा
पात बजाउँदै वनमा डुलेर
गुराँसै टिपेर, लाइदेऊ माया नेपालमै बसेर

हो, लाइदेऊ माया नेपालमै बसेर
हो, लाइदेऊ माया नेपालमै बसेर



Credits
Lyrics powered by www.musixmatch.com

Link