Dashain Aayo दशैं आयो

(चचहुइ, सररररररर)

दशैँ आयो, खाउँला पिउँला
कहाँबाट ल्याउँला? चोरी ल्याउँला

दशैँ आयो, पिङ खेलौँला
साथीभाइ मिलीजुली रमाऔँला

दशैँ आयो, खाउँला पिउँला
नयाँ नाना लगाउँला, चङ्गा उडाउँला

दशैँ आयो, मामाघर जाउँला
ठूलाबडाको हातबाट टीका लगाउँला

दशैँ आयो, खाउँला पिउँला
कहाँबाट ल्याउँला? चोरी ल्याउँला

धत्, पापी! म त छुट्टै बसौँला



Credits
Writer(s): Firoj Bajracharya, Sachina Shakya
Lyrics powered by www.musixmatch.com

Link