I Love You

मेरो खुसीमा मैले सम्झिने केवल एउटा नाम तिमी
हो, मेरो दुःखमा आँसु पोख्नलाई केवल एउटा ठाउँ तिमी
तिमीबाहेक अरू सोच्दैन केही, फिदा छ है तिमीमै मन
मैले पनि जिन्दगी नै गरेँ अर्पण

I love you, I love you
I love you, I love you

ठेस लाग्ने ढुङ्गा होला, चिप्लो होला माटो
सजिलो त कहाँ छ र जिन्दगीको बाटो?
हो, ठेस लाग्ने ढुङ्गा होला, चिप्लो होला माटो
सजिलो त कहाँ छ र जिन्दगीको बाटो?
लड्यौ भने "उठ" भन्दै हात दिन पाऊँ
तिम्रो जस्तै निश्चल, चोखो माया कहाँ पाऊँ?

I love you, I love you
हो, I love you, रा-रा-रा-रा-रा, I love you

जहाँ लाग्छ, जति लाग्छ, मलाई लागोस् चोट
सधैँ-सधैँ मुस्काएको देखूँ तिम्रो ओठ
हो, जहाँ लाग्छ, जति लाग्छ, मलाई लागोस् चोट
सधैँ-सधैँ मुस्काएको देखूँ तिम्रो ओठ
तिमी रुँदा आँसु पुछ्ने रुमाल हुन पाऊँ
अर्को जुनी पाएँ भने तिम्रै हुन पाऊँ

I love you, I love you
हो, I love you, रा-रा-रा-रा-रा, I love you
I love you, द-रा-रि-रा-रि, I love you



Credits
Writer(s): Hari Lamsal
Lyrics powered by www.musixmatch.com

Link