Janchhu Ma

जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

धेरै गरियो आशा
जीवन नै भयो तमाशा

जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

धेरै गरियो आशा
जीवन नै भयो तमाशा

जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

सामीप्य अब फेरि चाहिँदैन
गोरेटो यो अब आइँदैन
तराजुमा माया जोख्नु छैन
मनको विषलाई अब पोख्नु छैन

अझै कति दिनु दिलासा?
चारैतिर छायो निराशा

लान्छु म तिम्रो याद नमेटीकन
जान्छु म तिमीलाई नभनीकन

मायामा कुनै विधि हुन्न
१७ परिधि राखिँदैन
माया हुँदैन एकोहोरो
दोहोरो जीवन नै बाँच्नु छैन

मायाको टुट्यो भरोसा
जीवन नै भयो तमाशा

जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

धेरै गरियो आशा
जीवन नै भयो तमाशा

जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन



Credits
Writer(s): Roshan Subedi
Lyrics powered by www.musixmatch.com

Link