Jarur Aaunu Female

जब दिनले साँझलाई पाउँछ
अनि साँझ मिलनमा रमाउँछ
जब दिनले साँझलाई पाउँछ
अनि साँझ मिलनमा रमाउँछ
म क्षितिमा उभिएर गाउँछु
गीतमा तिमीलाई बोलाउँछु
तिमी धुन बनी आउनू, जरुर आउनू
आउनू, जरुर आउनू

आधी बाटो तिमी आउनू, आधी बाटो म आउँला
हो, आधी बाटो तिमी आउनू, आधी बाटो म आउँला
गुम्सेका छन् मनमा कुरा, सारा तिमीलाई सुनाउँला

जब भावको द्वार खोली
सजाएर सुरको यो डोली
कविता वरमाला उनौँला
दुलही भई पर्खिरहुँला
बरियात सजाई आउनू, जरुर आउनू
आउनू, जरुर आउनू

अँधेरी रातले जुनी निल्नु अगाडि आउनू
हो, अँधेरी रातले जुनी निल्नु अगाडि आउनू
औँसीमा हाम्रो कहानी मिल्नु अगाडि आउनू

पुतली दियोसँग भन्छ
"तिमीमै हराउने मन छ"
दियोझैँ टोलाएकी हुन्छु
पुतली भई बहुलाएको हुन्छु
तिमी होस बोकी आउनू, जरुर आउनू
आउनू, जरुर आउनू



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link