Dubisake

तिम्रो इशारामा
अल्झिसकेछु म
मलाई सच्याउन ।
माया नलाउ त भन्थ्यौ
के आफूलाई देखेछौ?
कसरी रोकु म?

डुब्न तिमीमा
डुबिसके म
आई बचाउन ।

सही माया
समय गलत
हुन्छ भनी
सिकायौ तिमीले मलाई ।
तर यो मनको पासो
लिएर जाउँ कहाँ?
प्रार्थना म गर्छु
पाउने तिमी
पाउने तिमी ।

आँखामा आँखा लाएर
अंगालोमा अँगालो सम्हालेर
तिम्रो त्यो हात समाएर माया गर्न देउ मलाई।

आँखामा आँखा लाएर
ओठमा ओठ सिलाएर
तिम्रो त्यो हात समाएर
माया म

डुब्छु तिमीमा
डुबिसके म
आई बचाउन ।



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link