Bilin

मनको पिर
बिर्सिनु हो कसरी?
भोलि त बिर्सिउँला ।
आजलाई मेटौँ कसरी?

मन भारी भारी हुन्छ
रातको बेला
तिमीलाई सम्झीसम्झी रुन्छ
आँसु छन् खेरा

मनमा तिमी नै थियौ
सपना झैँ बिलिन नै भयौ ।
कसरी बुझाउँ म मेरो मनलाई?
जब तिमी नै छैनौ बुझ्नलाई।

सपनीमा आउँछौ आजभोलि सताउन
मेरो निन्द्रा चोरी एक्लै छोडी रुवाउन ।
मन भारी भारी हुन्छ रातको बेला
तिमीलाई सम्झीसम्झी रुन्छ आँसु छन् खेरा ।

अन्धकारको साथमा रमाउँला
भन्छन् समयले ठिक बनाउँछ
माग्दा खसेको तारा नि हराउला
थाहा छ आउन्नौँ तिमी मलाई फकाउन
तर

मनमा तिमी नै थियौ
सपना झैँ बिलिन नै भयौ
कसरी बुझाउँ म मेरो मनलाई
जब तिमी नै छैनौ बुझ्नलाई



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link