Bimari

सधैँभरि माया गर्छु भन्ने
कसम खाको के याद छ नि?
के भुल्ने बिमारी थियो थाहा नहुने गरी?

कसम खायौ के फेरि पनि?
भुलेर बादललाई झरीसरी
ठिकै छ खुसी छौ तिमी त
भुल्दिउँला भावना मनभरि

तर मेटाउँ ती याद कसरी?
भुल्ने बानी छैन तिमीसरी

तिमीलाई सम्पर्क गर्दिन
तिम्रोलागि चिठीहरू कोर्दिन
तिम्रोलागि लेखेको गीत गाउँँदिन
नो नो
नआउन तिमी
यादहरूमा
यादहरूमा

त्यो दिन त्यो रात याद छ
त्यो मिठा बात ताजै छ
जुनेली रात सम्झि त्यो
मगमगाउँदो फुलयो
फुलेको मन तिम्रो थियो
झस्किने अब याद भो
बिर्सी भनी मनलाई
सम्झाई बस्छु म
बस्छु म

सोधी हेर सारा संसारलाई
कति माया गर्थे म तिमीलाई

भाको उर्जा दिए मेरा
तिम्रो ग्रहणहरुलाई
भाको ऊर्जा दिए मेरा
तिम्रो ग्रहणहरुलाई
भाको ऊर्जा दिए मेरा
तिम्रो ग्रहणहरुलाई



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link