Hune Lai Ta Bhagya Pani

हुनेलाई त भाग्य पनि सधैँ उँभो लान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
हुनेलाई त...

जसले धर्ती ओछ्याएर आकाश सिरक ओढ्छ
प्रकृतिलाई टीठै छैन, उसैमाथि शीत छोड्छ
जसले धर्ती ओछ्याएर आकाश सिरक ओढ्छ
प्रकृतिलाई टीठै छैन, उसैमाथि शीत छोड्छ

ऋण पनि निर्धनकै मात्रै खुट्टो तान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
हुनेलाई त...

दैव पनि निष्ठुर रैछ, एउटाको नै जाती
सुखीलाई नै सुख बाँड्ने, भए कति पक्षपाती!
दैव पनि निष्ठुर रैछ, एउटाको नै जाती
सुखीलाई नै सुख बाँड्ने, भए कति पक्षपाती!

अन्न पनि गरीबकै, बरै! घुनले खान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
नहुनेको पाखोबारी, उसकै पहिरो जान्छ
हुनेलाई त...



Credits
Writer(s): Shiva Pariyar
Lyrics powered by www.musixmatch.com

Link