Eautai Mayale

एउटै मायाले
एउटै मायाले कसैलाई शिखर पुर्याउँछ
कसैलाई फाँसी चढाउँछ
एउटै मायाले
एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाले
एउटै मायाले

कोही अमर बन्छन् यसमै, कोही यसमै झर्छन्
कोही अमर बन्छन् यसमै, कोही यसमै झर्छन्
कोही फूलको जुनी जिउँछन्, कोही विष पिउँछन्
सयौँ घर बस्छन् यसमै, सयौँ घर जल्छन्
सयौँ मुग्लान पस्छन् यसमै, सयौँ जोगी बन्छन्

एउटै मायाले कसैलाई साह्रै हसाउँछ
कसैलाई साह्रै रुवाउँछ
एउटै मायाले
एउटै मायाले, गर्नुसम्म गर्दो रैछ प्रीतको छायाले
एउटै मायाले

कोही हिँड्छन् दिलै गाँसी, कोही दुःख गाँसी
कोही हिँड्छन् दिलै गाँसी, कोही दुःख गाँसी
कोही बाँच्छन् हाँसीहाँसी, कोही आँसु साँची
आफ्नो-आफ्नो भाग भोग, आफ्नो-आफ्नो लेखा
फूल पर्छ कोही बेला, काँडा कोही बेला

एउटै मायाले कसैलाई शिखर पुर्याउँछ
कसैलाई फाँसी चढाउँछ
एउटै मायाले
एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाले
एउटै मायाले



Credits
Lyrics powered by www.musixmatch.com

Link