Yehi Geet Ho Byatha Mero

यही गीत हो व्यथा मेरो, यही गीत नै वेदना
यही गीत हो व्यथा मेरो, यही गीत नै वेदना

आफ्नै सम्झी सुनिदेऊ, आफ्नै सम्झी सुनिदेऊ
जीवनभरिको सम्झना, जीवनभरिको सम्झना

यही गीत हो व्यथा मेरो, यही गीत नै वेदना

तिमीबाटै सुरु हुने, अन्त्य तिमीमा नै पुग्ने
तिमीबाटै सुरु हुने, अन्त्य तिमीमा नै पुग्ने
हृदयका भावहरुलाई तिम्रै काखमा बिसाउने

शब्द-शब्दले जोडिएको, शब्द-शब्दले जोडिएको
मेरा कोमल भावना, मेरा कोमल भावना

यही गीत हो व्यथा मेरो, यही गीत नै वेदना

तिम्रै लागि गाइरहेछु, किन हिँड्छौ कान थुनी?
तिम्रै लागि गाइरहेछु, किन हिँड्छौ कान थुनी?
यो जन्ममा मात्र हैन, साथ रहने छौँ जुनीजुनी

हृदयभरि सजाउने, हृदयभरि सजाउने
मेरो चोखो कल्पना, मेरो चोखो कल्पना

यही गीत हो व्यथा मेरो, यही गीत नै वेदना



Credits
Lyrics powered by www.musixmatch.com

Link