Jen Ten Bihana

जेनतेन बिहान खायो, साँझ हुन्न खाने
जेनतेन बिहान खायो, साँझ हुन्न खाने
दुखियाको जीवन यस्तै, दुःख मात्रै आउने
दुखियाको जीवन यस्तै, दुःख मात्रै आउने

आँखा पनि रित्तिसके, कति आँसु पिउने?

नत्र कसलाई रहर हुन्छ घर छोडेर जाने
गाँवै छोडी जाने, देशै छोडी जाने?

साथीसँगी, आफन्तलाई छोडी आएँ किन?

हो, साथीसँगी, आफन्तलाई छोडी आएँ किन?
भुल्न खोज्दा बढ्छ माया झनै दिनैदिन, झनै दिनैदिन

म छु यहाँ धेरै टाढा, मन छ डाँडापारि
गाउँबेसी सम्झी यो मन रुन्छ घरीघरी?

नत्र कसलाई रहर हुन्छ घर छोडेर जाने
गाँवै छोडी जाने, देशै छोडी जाने?

वर्षै दिनमा दोहोरिन्छ घरमा साउको रिन

हो, वर्षै दिनमा दोहोरिन्छ घरमा साउको रिन
सम्झीसम्झी मुटु दुख्छ परदेशैमा किन, परदेशैमा किन?

अझै कति होला अरु यसै गरी बाँच्ने?
कहिले आउला त्यो दिन हाम्रो सँगै बसी हाँस्ने?

नत्र कसलाई रहर हुन्छ घर छोडेर जाने
गाँवै छोडी जाने, देशै छोडी जाने?

गाउँ छोडी जाने, देशै छोडी जाने
गाउँ छोडी जाने, देशै छोडी जाने



Credits
Lyrics powered by www.musixmatch.com

Link