Ukali Ra Oralima

उकाली र ओह्रालीमा खोजिरहें तिमीलाई

उकाली र ओह्रालीमा खोजिरहें तिमीलाई
उकाली र ओह्रालीमा खोजिरहें तिमीलाई
भञ्ज्याङ अनि चौतारीमा पर्खिरहें तिमीलाई
भञ्ज्याङ अनि चौतारीमा पर्खिरहें तिमीलाई
उकाली र ओह्रालीमा

जिन्दगीको गोरेटोमा यादहरु अंगालेर
जिन्दगीको गोरेटोमा यादहरु अंगालेर
एक्लै हिंडे घामछायाँमा
एक्लै हिंडे घामछायाँमा पीरहरु संगालेर
पीरहरु संगालेर
एकान्त र उदासीमा सोचिरहें तिमीलाई
सोचिरहें तिमीलाई
उकाली र ओह्रालीमा

एक्लो छोडी दोबाटोमा मेरो भन्ने कहाँ गयौ
एक्लो छोडी दोबाटोमा मेरो भन्ने कहाँ गयौ
प्रीति रोपी यो मुटुमा
प्रीति रोपी यो मुटुमा बिरानो भई कहाँ गयौ
बिरानो भई कहाँ गयौ
चाहनाको बिहानीमा मागिरहें तिमीलाई
मागिरहें तिमीलाई

उकाली र ओह्रालीमा खोजिरहें तिमीलाई
उकाली र ओह्रालीमा खोजिरहें तिमीलाई
भञ्ज्याङ अनि चौतारीमा पर्खिरहें तिमीलाई
सोचिरहें तिमीलाई
मागिरहें तिमीलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link