Yo Aankhako Yenabhitra

यो आँखाको ऐनाभित्र कस्तो रैछ छाया पनि
यो आँखाको ऐनाभित्र कस्तो रैछ छाया पनि
जति धोयो उति गाढा, कस्तो रैछ माया पनि
कस्तो रैछ माया पनि

हेराइको गहिराइभित्र किन डुबेँ थाहै नपाई?
हेराइको गहिराइभित्र किन डुबेँ थाहै नपाई?
न त तैरेँ न त पौडेँ, म त रमेँ त्यतै कतै

कस्तो बन्धन, समर्पण यो?, मिठोमिठो आभास पनि
जति धोयो उति गाढा, कस्तो रैछ माया पनि
कस्तो रैछ माया पनि

परेलीको ढोका थुनी कैदी मलाई बनाइसक्यौ
परेलीको ढोका थुनी कैदी मलाई बनाइसक्यौ
न त सोचेँ न त रोजेँ, म त भुलेँ त्यतै कतै

कस्तो भाव, अनुराग यो, बेग्लै भयो विपना पनि
जति धोयो उति गाढा, कस्तो रैछ माया पनि
कस्तो रैछ माया पनि

Hm-hm-hmm, hm-hm-hm
कस्तो रैछ माया पनि



Credits
Writer(s): Nhyoo Bajracharya
Lyrics powered by www.musixmatch.com

Link