Yo Jingagi

यो जिन्दगी साट्न पाए भरियालाई साटिदिन्थेँ
पसिनाले तिर्खा मेटी मनैदेखि हाँसिदिन्थेँ
यो जिन्दगी साट्न पाए भरियालाई साटिदिन्थेँ
पसिनाले तिर्खा मेटी मनैदेखि हाँसिदिन्थेँ

हरघडी मनमा यो वेदनाको भारी बोकी
तर्नुपर्ने जङ्घारहरु भुङ्ग्रोमाथि पाउ टेकी
हरघडी मनमा यो वेदनाको भारी बोकी
तर्नुपर्ने जङ्घारहरु भुङ्ग्रोमाथि पाउ टेकी

पोल्यो भन्न नपाइने, थाकेँ भन्न नपाइने
मुर्छा परे नि होस चाहिँ हराउन नपाइने

यो जिन्दगी साट्न पाए भिखारीलाई साटिदिन्थेँ
पोल्टाभरि खुसी थापी सारा आयु काटिदिन्थेँ

ओठमाथि देखावटी खुसी सिउरी हाँस्नु पर्छ
आफ्नै आँसु एकान्तमा आँखा छली पुछ्नु पर्छ
ओठमाथि देखावटी खुसी सिउरी हाँस्नु पर्छ
आफ्नै आँसु एकान्तमा आँखा छली पुछ्नु पर्छ

नियालेर आफैलाई हेर्न कहिल्यै नपाइने
फुकाएर भित्र बह देखाउन नपाइने

यो जिन्दगी साट्न पाए दुखियालाई साटिदिन्थेँ
एकैछिन भए पनि आफ्नै जीवन बाँचिदिन्थेँ

यो जिन्दगी साट्न पाए भरियालाई साटिदिन्थेँ
पसिनाले तिर्खा मेटी मनैदेखि हाँसिदिन्थेँ



Credits
Lyrics powered by www.musixmatch.com

Link