Chaitako Gham

चैतको घाम अस्ताई गएछ, वर्ष वितेर पालुवा चढेछ
आऊ न वैशाख आऊ, आमा बनेर आऊ
शुभकामनाको सु-वासना यहाँ फैलाइदेऊ
नयाँ वर्षको सुप्रभातमा नौलो किरण भई छाइदेऊ

नव वर्षको शंख फुकाई, मेची काली पहाड तराई
सबलाई जगाईदेऊ, सबलाई जगाईदेऊ
देशैभरिका थरीथरीका, रंगीबिरंगी फूल फुलाई
घडा सजाईदेऊ, घडा सजाईदेऊ
नेपाल र नेपालीको भाग्य बनाइदेऊ
नयाँ वर्षको सुप्रभातमा नौलो किरण भई छाइदेऊ

बाटो बिराई हिंड्नेलाई, देशको माटो बिर्सनेलाई
बाटो देखाईदेऊ, बाटो देखाईदेऊ
यो चन्द्र सूर्य अंकित झण्डा, प्यारो छ जुन यो प्राण भन्दा
यसलाई फहराईदेऊ, अझै फहराईदेऊ
नेपाल र नेपालीको अभिमान बचाईदेऊ
नयाँ वर्षको सुप्रभातमा नौलो किरण भई छाइदेऊ

चैतको घाम अस्ताई गएछ, वर्ष वितेर पालुवा चढेछ
आऊ न वैशाख आऊ, आमा बनेर आऊ
शुभकामनाको सु-वासना यहाँ फैलाइदेऊ
नयाँ वर्षको सुप्रभातमा नौलो किरण भई छाइदेऊ
नयाँ वर्षको सुप्रभातमा नौलो किरण भई छाइदेऊ



Credits
Lyrics powered by www.musixmatch.com

Link