Ek Dharko Sindoor

एक धर्को सिन्दुर के हो र
त्यो त पखालिन सक्छ
चुरा पोते काच को न हो
त्यो पनि फुट्न सक्छ
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैं सधैं बाचि दिन्छ
एक धर्को सिन्दुर के हो र

जलिरहेको पबित्र अग्नि छोएर
जलिरहेको पबित्र अग्नि छोएर
देवता र दुनिया सारा साचि राखेर
खाएको कसम केही होइन
त्यो पनि टुट्न सक्छ
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैं सधैं बाचि दिन्छ
एक धर्को सिन्दुर के हो र

हासखेल यो रमझम मिठो मिठो यो जिन्दगी

हासखेल यो रमझम मिठो मिठो यो जिन्दगी
बैश उज्यालो दिप बले झै छ धिप धिपि
सानो हुरिको बेग मै त्यो पनि निभ्न सक्छ
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैं सधैं बाचि दिन्छ
एक धरको सिन्दुर के हो र
त्यो त पखालिन सक्छ
चुरा पोते काच को न हो
त्यो पनि फुट्न सक्छ
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैं सधैं बाचि दिन्छ
एक धरको सिन्दुर के हो र



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link