Timro Maya Paththarko

तिम्रो माया पत्थरको झुक्क्याउने रूप जस्तो
तिम्रो प्रीति चैतको धूलोभन्दा पनि सस्तो

अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन
भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन

तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न

एकै झुल्को घाम हो, अस्तायो त के हो र!
एकैछिनको तर्कना, तर्कियो त के भो र!

अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन
भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन

तिमीले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला
तिमीले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला

पर्खी बस्ने मान्छेले फर्की जान जान्दछ
आफ्नो भन्न जान्नेले पराई भन्न जान्दछ

अबदेखि सर्माएर तिम्रो अघि भाग्नेछैन
भगवानसँग फेरि तिमीलाई माग्नेछैन, तिमीलाई माग्नेछैन
तिमीलाई माग्नेछैन



Credits
Lyrics powered by www.musixmatch.com

Link