Hajarau Phool Bata Ye Mann

हजारौँ फूलबाट, ए मन
कसलाई छानूँ म तैँ भन्?
हजारौँ फूलबाट, ए मन (हे, हे)
कसलाई छानूँ म तैँ भन्? (हो, हो)
अलमलमा परेँ म त, हो
सोध्नलाई जाऊँ कता?
हो-हो, अलमलमा परेँ म त, हो
सोध्नलाई जाऊँ कता?

हो, जसमा सौन्दर्य छ, हो, जसमा सुबास छ
जसले दिन्न धोका, हो, जसमा विश्वास छ
हे, मै हुँ कि? हेर यता, मै हुँ कि? हेर यता

Hmm, अलमलमा परेँ म त
हो-हो, अलमलमा परेँ म त

देख्ने छक्कै परुन्, सबै यही भनुन्
"कस्तो मिलेको जोडी आयो!"
हेर्दै घरीघरी, लोभै गरीगरी
ऐनाले नै भनोस्, "क्या सुहायो!"
ऐनाले नै भनोस्, "क्या सुहायो!"

मिल्छ, मिल्छ रे मन, खुल्यो, खुल्यो गगन
मिल्छ, मिल्छ रे मन, खुल्यो, खुल्यो गगन
हेर, मौसम पनि मुस्कुरायो
हेर, मौसम पनि मुस्कुरायो

हो, हजारौँ फूलबाट, ए मन
कसलाई छानूँ म तैँ भन्?

लाखौँमा एक होस्, साँच्चै विशेष होस्
सङ्लो पानीझैँ होस् आनीबानी
नभन्दा नै पूरा बुझोस् मनका कुरा
ऊ त होस् मेरो आँखाको नानी
ऊ त होस् मेरो आँखाको नानी

आयो, आयो रे दिन, मिलनको त्यो छिन
आयो, आयो रे दिन, मिलनको त्यो छिन
सजाऊँ, सजाऊँ अब जिन्दगानी
सजाऊँ, सजाऊँ अब जिन्दगानी

हो, हजारौँ फूलबाट, ए मन (हे, हे)
कसलाई छानूँ म तैँ भन्? (हो, हो)
अलमलमा परेँ म त, हो
सोध्नलाई जाऊँ कता?

हो, सौन्दर्य छ, हो, जसमा सुबास छ
जसले दिन्न धोका, हो, जसमा विश्वास छ
हे, मै हुँ कि? हेर यता, मै हुँ कि? हेर यता

ला-ला, ला, अलमलमा परेँ म त
हो-हो, अलमलमा परेँ म त



Credits
Lyrics powered by www.musixmatch.com

Link