Jindagiko Yatra

जिन्दगीका यात्राहरूमा हिँड्दै जाँदा
जिन्दगी नै छोटिएको थाहा भएन
हृदयका इच्छाहरूलाई टिप्दै जाँदा
उकालीमा घाम डुबेको थाहा भएन
जिन्दगीका यात्राहरूमा...

दोभानपारि अँधेरीमा जिन्दगीलाई कहिले बिसाई हेरेँ
दोभानपारि अँधेरीमा जिन्दगीलाई कहिले बिसाई हेरेँ
मनको भारी टेकाएर खोलासँगै सुसाई हेरेँ

जिन्दगीका यात्राहरूमा...

धेरै-धेरै घामपानीमा जिन्दगीलाई कहिले डोर्याई हिँडेँ
धेरै-धेरै घामपानीमा जिन्दगीलाई कहिले डोर्याई हिँडेँ
खुशी पाउने झूटो आशामा कहिले आफै रमाई हिँडेँ

जिन्दगीका यात्राहरूमा हिँड्दै जाँदा
जिन्दगी नै छोटिएको थाहा भएन
हृदयका इच्छाहरूलाई टिप्दै जाँदा
उकालीमा घाम डुबेको थाहा भएन
जिन्दगीका यात्राहरूमा...



Credits
Lyrics powered by www.musixmatch.com

Link