Salala Bageko Pani

सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्ना-
हा, साह्रै राम्री देखिन्छ्यौ सान्नानी

सललल बगेको पानी, पापी नजर नलाऊ है बैमा-
हा, पापी नजर नलाऊ है बैमानी

हे, सललल बगेको पानी, चर्को बैँश, लर्के जोबन, कम्मरै छिनेकी
हे, सललल बगेको पानी, कम्मर मर्काई, चुल्ठी लर्काई कहाँ सम्म हिनेकी?

सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्नानी
सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्ना-
हा, साह्रै राम्री देखिन्छ्यौ सान्नानी

हे, सललल बगेको पानी, जहिले पनि थापीरहन्छौ नजरको पासो
हे, सललल बगेको पानी, जता जान हिँडे पनि तिमीलाई केको चासो?

सललल बगेको पानी, पापी नजर नलाऊ है बैमानी
सललल बगेको पानी, पापी नजर नलाऊ है बैमा-
हा, पापी नजर नलाऊ है बैमानी

हे, सललल बगेको पानी, थापी रहन्छु पासो तिमीलाई मनको दोभानैमा
हे, सललल बगेको पानी, तिमीलाई देखे नजर पुग्छन् लाली जोबनैमा

सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्नानी
सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्ना-
हा, साह्रै राम्री देखिन्छ्यौ सान्नानी

हे, सललल बगेको पानी, छोड्देऊ अब यो जोबानमा पापी नजर लाउन
हे, सललल बगेको पानी, त्यसै तिमीले के सक्थ्यौ र यस्तो जोवन पाउन

सललल बगेको पानी, पापी नजर नलाऊ है बैमानी
सललल बगेको पानी, पापी नजर नलाऊ है बैमा-
हा, पापी नजर नलाऊ है बैमानी

हे, सललल बगेको पानी, कसले रोक्छ भमरालाई, फूलको छेउ आउन?
हे, सललल बगेको पानी, ज्यानकै बाजी राखिदिन्छु तिम्रो जोबन पाउन

सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्नानी
सललल बगेको पानी, साह्रै राम्री देखिन्छ्यौ सान्ना-
हा, साह्रै राम्री देखिन्छ्यौ सान्नानी

हे, सललल बगेको पानी, छोड अब मनको लड्डु घिउसित खान
हे, सललल बगेको पानी, मूर्ख हुँदा पर्छौ फाँसी, मैले भन्या मान

सललल बगेको पानी, पापी नजर नलाऊ है बैमानी
सललल बगेको पानी, पापी नजर नलाऊ है बैमा-
हा, पापी नजर नलाऊ है बैमानी



Credits
Writer(s): Uday Nepali
Lyrics powered by www.musixmatch.com

Link