Jarur Aaunu

जब दिनले साँझलाई पाउँछ
अनि साँझ मिलनमा रमाउँछ
जब दिनले साँझलाई पाउँछ
अनि साँझ मिलनमा रमाउँछ
म क्षितिमा उभिएर गाउँछु
गीतमा तिमीलाई बोलाउँछु
तिमी धुन बनी आउनू, जरुर आउनू
आउनू, जरुर आउनू

आधी बाटो तिमी आउनू, आधी बाटो म आउँला
ओ, आधी बाटो तिमी आउनू, आधी बाटो म आउँला
गुम्सेका छन् मनमा कुरा, सारा तिमीलाई सुनाउँला

जब भावको द्वार खोली
सजाएर सुरको डोली
कविता बरियात सजाउँला
तिमीलाई अन्माउन आउँला
बेहुली बनी आउनू, जरुर आउनू
आउनू, जरुर आउनू

अँधेरी रातले जुनी निल्नु अगाडि आउनू
हो, अँधेरी रातले जुनी निल्नु अगाडि आउनू
औँसीमा हाम्रो कहानी मिल्नु अगाडि आउनू

पुतली दियोसँग भन्छ
"तिमीमै बिलाउने यो मन छ"
दियोझैँ टोलाएको हुन्छु
पुतलीझैँ बहुलाएको हुन्छु
तिमी होश बोकी आउनू, जरुर आउनू
आउनू, जरुर आउनू



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link