Keta Le Gaye

तीजका गीतमा केटा नै नाचे, केटैले गाइदिए
नारीको चाड यही एउटा थियो, भाग खोस्न आइदिए
ओइ, तीजका गीतमा केटा नै नाचे, केटैले गाइदिए
नारीको चाड यही एउटा थियो, भाग खोस्न आइदिए

अहिलेका हुन् कि पुरानै पुस्ता हुन्?
गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्

खै, आफ्ना खुबी देखाउनी हैनौ, हाम्रो गुन देख्दैनौ
केटैले गाए, केटैले लेखे, केटीले लेख्दैनौ
होइ, खोइ, आफ्नो खुबी देखाउनी हैनौ, हाम्रो गुन देख्दैनौ
केटैले गाए, केटैले लेखे, केटीले लेख्दैनौ

तीजका गीत गाउनी पुरानै पुस्ता हुन्
आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्

तीजका गीत बिग्रेको खासमा केटा नै आएर
केका न अझ गीत लेखेँ भन्छौ रत्यौली गाएर
ओइ, तीजका गीत बिग्रेको खासमा केटा नै आएर
केका न अझ गीत लेखेँ भन्छौ रत्यौली गाएर

अहिलेका हुन् कि पुरानै पुस्ता हुन्?
गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्

बाहिर त कुरा धेरैले काटे, काटेकै सुनियो
कस्ता हुन् तीज गीत? सिक्न मन थियो, सिकाए हुनी हो
होइ, बाहिर त कुरा धेरैले काटे, काटेकै सुनियो
कस्ता हुन् तीज गीत? सिक्न मन थियो, सिकाए हुनी हो

तीजका गीत गाउनी पुरानै पुस्ता हुन्
आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्

"कस्ता गीत आए?" भन्छु र जान्छु, टिभी हेर्न बस्छु
कोही-कोही गीत सुन्दा लाजै लाउँछ र कान थुनेर बस्छु
ओइ, "कस्ता गीत आए?" भन्छु र जान्छु, टिभी हेर्न बस्छु
कोही-कोही गीत सुन्दा लाजै लाउँछ र कान थुनेर बस्छु

अहिलेका हुन् कि पुरानै पुस्ता हुन्?
गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्

कहिलेकाहीँ मनमा साह्रै पीर लाउँछ, जस पनि पाउँदैन
हाम्ले त दुःख गर्नी मात्रै हो, करोडौँ आउँदैन
होइ, कहिलेकाहीँ मनमा साह्रै पीर लाउँछ, जस पनि पाउँदैन
हाम्ले त दुःख गर्नी मात्रै हो, करोडौँ आउँदैन

तीजका गीत गाउनी पुरानै पुस्ता हुन्
आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्

जे भने पनि लोकसंस्कृतिको कसलाई माया छ र?
हामी बोलेको कसले सुन्छ र? मनमा लाको गर
ओइ, जे भने पनि लोकसंस्कृतिको कसलाई माया छ र?
हामी बोलेको कसले सुन्छ र? मनमा लाको गर

अहिलेका हुन् कि पुरानै पुस्ता हुन्?
गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, गाउनीले गाए, सुन्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्
ए, नाच्नीले नाचे, हेर्दिनी उस्ता हुन्

सकेसम्म त राम्रै होओस् भन्दै राम्रै काम गरिन्छ
हाम्ले बिगारे लोक सङ्गीत मर्छ, हामी नि मरिन्छ
होइ, सकेसम्म त राम्रै होओस् भन्दै राम्रै काम गरिन्छ
हाम्ले बिगारे लोक सङ्गीत मर्छ, हामी नि मरिन्छ

तीजका गीत गाउनी पुरानै पुस्ता हुन्
आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, आफू नलेख्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्
ए, घरैमा बस्नी, गाल पार्नी उस्ता हुन्



Credits
Lyrics powered by www.musixmatch.com

Link