Timlai Samjhi Rune

तिम्लाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो
हो, हो, तिम्लाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो
तिम्लाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो

मीठामीठा सपना बोकी तिम्रो साथ रोजेको थेँ
तिमीसँगै सुखदुःख भाग लगाउन खोजेको थेँ
हो, मीठामीठा सपना बोकी तिम्रो साथ रोजेको थेँ
तिमीसँगै सुखदुःख भाग लगाउन खोजेको थेँ

सपना मात्र देख्ने आँखा फेर्न पाए हुन्थ्यो
हो, सपना मात्र देख्ने आँखा फेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो

एकान्तमा सधैँभरि सम्झीसम्झी रुनुभन्दा
तिम्रो संसारबाट सधैँ टाढा-टाढा हुनुभन्दा
हो-हो, एकान्तमा सधैँभरि सम्झीसम्झी रुनुभन्दा
तिम्रो संसारबाट सधैँ टाढा-टाढा हुनुभन्दा

तिम्रै हातले आफैलाई सेर्न पाए हुन्थ्यो
हो, तिम्रै हातले आफैलाई सेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो
बाँचुन्जेल त तिम्रै खुशी हेर्न पाए हुन्थ्यो

तिम्लाई सम्झी रुने यो मन फेर्न पाए हुन्थ्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link