Chhutiyera Timi Saga

छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?
म त सधैँभरि तिम्लाई माया गर्ने मान्छे
म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?

को नै तयार छ र यहाँ मायाबिना बाँच्न
एउटालाई मन दिएर अर्कोसँग हाँस्न?
हो, को नै तयार छ र यहाँ मायाबिना बाँच्न
एउटालाई मन दिएर अर्कोसँग हाँस्न?

म त सधैँभरि तिम्रो भलो चाहने मान्छे
तिम्रो खुशी जता चल्छ उतै जाने मान्छे

वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ
एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ
वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ
एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ

म त सधैँभरि तिम्रो जीवन चाहने मान्छे
म त सधैँभरि तिम्रो धड्कन सुन्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?

म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे
म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?



Credits
Lyrics powered by www.musixmatch.com

Link