Timi Sangai Juni Katne

तिमीसँग जुनी काट्ने सपना यो व्यर्थै भयो नि
तिमीसँग जुनी काट्ने सपना यो व्यर्थै भयो नि
तिमीलाई कल्पिएरै मेरो यो जीवन गयो नि, हाय
तिमीलाई कल्पिएरै मेरो यो जीवन गयो नि
रोईरोई म हाँसूँ कसरी?
मरीमरी म बाँचूँ कसरी?
रोईरोई म हाँसूँ कसरी?
मरीमरी म बाँचूँ कसरी?

माया गर्दै आउँथ्यौ नजिक, भन्थ्यौ, "नछुटौँ अब"
हो, माया गर्दै आउँथ्यौ नजिक, भन्थ्यौ, "नछुटौँ अब"
सारा संसार भुल्थेँ मैले तिम्रो काखमा बस्थेँ जब
सारा संसार भुल्थेँ मैले तिम्रो काखमा बस्थेँ जब

बालुवाको घर मेरो आँधी आई कहाँ लग्यो नि?
तिमीलाई कल्पिएरै मेरो यो जीवन गयो नि
मनमा छौ, म भुलूँ कसरी?
अर्कैसँग म फुलूँ कसरी?

जसलाई धेरै माया गर्यो उसैले नै छोडी जान्छ
हो, जसलाई धेरै माया गर्यो उसैले नै छोडी जान्छ
सँगै जिउने सपना देखाई अर्कै बाटो मोडी जान्छ
सँगै जिउने सपना देखाई अर्कै बाटो मोडी जान्छ

दैव पनि निष्ठुरी भई पल-पल मलाई छल्यो नि
तिमीलाई कल्पिएरै मेरो यो जीवन गयो नि
मझैँ दुःखी हुन नपरोस्
तिम्लाई कहिल्यै रुन नपरोस्



Credits
Writer(s): Mahesh Kumar Oli
Lyrics powered by www.musixmatch.com

Link