Palunge Khola

पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम
पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम
नागबेली बाटो, सिमभन्ज्याङ धाउने
नागबेली बाटो, सिमभन्ज्याङ धाउने जुनकिरी समसम
हो, जुनकिरी समसम
पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम

खोजेकी कसलाई, पहाडी कान्छी, कोयली रुवाउँदै?
खोजेकी कसलाई, पहाडी कान्छी, कोयली रुवाउँदै?
सक्तिन बस्नु, सक्तिन बस्नु
सक्तिन बस्नु बेखबर भई यो मन बुझाउँदै
हो, यो मन बुझाउँदै

पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम

गीत है गाउँछन् यी गोब्रे सल्ला, दामनको टाकुरा
गीत है गाउँछन् यी गोब्रे सल्ला, दामनको टाकुरा
परिश्रम गर्छन् गाउँका ठिटा
परिश्रम गर्छन् गाउँका ठिटा दिएर पाखुरा
हो, दिएर पाखुरा

पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम

नपाई तिम्रो तरुनो जोबन रतुवा झर्किन्छ
नपाई तिम्रो तरुनो जोबन रतुवा झर्किन्छ
सम्झेर लाली, सम्झेर लाली
सम्झेर लालीगुराँसे मुहार त्यो फेरि फर्किन्छ
हो, त्यो फेरि फर्किन्छ

पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम
नागबेली बाटो, सिमभन्ज्याङ धाउने
नागबेली बाटो, सिमभन्ज्याङ धाउने जुनकिरी समसम
हो, जुनकिरी समसम
पालुङे खोलो, सुनौलो टार, दशैँको रमझम

दशैँको रमझम
दशैँको रमझम



Credits
Lyrics powered by www.musixmatch.com

Link