Lekaki He Maya

"तिमी राम्री छौ", सबैले मलाई भन्छन् नि
"तिमी राम्री छौ", सबैले मलाई भन्छन् नि
"घर छोडी बाहिर नजानू", आमा त्यसैले भन्छिन् नि
"घाँस काटी अहिले आउँला नि" भन्दै, लौ हेर, म हिँडेँ
"घाँस काटी अहिले आउँला नि" भन्दै, लौ हेर, म हिँडेँ

लेककी हे माया, मोहनी सबैलाई लगाउने
आँखाको रिमझिमले मन नै खलबलाइदिने
लेककी हे माया, मोहनी सबैलाई लगाउने
हे, आँखाको रिमझिमले मन नै खलबलाइदिने

गुराँस टिपेर चुल्ठो सजेकी
आँखामा कालो गाजल लाएकी
गुराँस टिपेर चुल्ठो सजेकी
आँखामा कालो गाजल लाएकी

के साह्रै राम्री भएकी
झन् हाँस्दै हेर्दै हिँडेकी

लेककी हे माया, मोहनी सबैलाई लगाउने
ए, आँखाको रिमझिमले मन नै खलबलाइदिने

स्याउजस्तो गाला आँखा लाग्ला है
कोमल मनलाई फकाउला है
स्याउजस्तो गाला आँखा लाग्ला है
कोमल मनलाई फकाउला है

कहाँ जान तिमी हिँडेकी?
हामीलाई किन बिर्सेकी?

लेककी हे माया, मोहनी सबैलाई लगाउने
आँखाको रिमझिमले मन नै खलबलाइदिने
लेककी हे माया, मोहनी सबैलाई लगाउने
हे, आँखाको रिमझिमले मन नै खलबलाइदिने



Credits
Writer(s): Kandara Group
Lyrics powered by www.musixmatch.com

Link