Maathi Maathi Sailungema

माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फूलाउनेलाई

भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ

कति खोज्छन् बिनयो रानी मालिङ्गो त
कति खोज्छन् बिनयो रानी मालिङ्गो त
कति हेर्छन् तामङ सेलो डाँफे मुनालको
यसो यता नहेरेर मलाई सताउनेलाई

भन्दिनु है, भन्दिनु मेरो जोवान थाती छ
उनको त्यो मनै जाली छ
भन्दिनु है, भन्दिनु मेरो जोवान थाती छ
उनको त्यो मनै जाली छ

मैले जती मरुनी कल्ले नाँचेको छ
मैले जती मरुनी कल्ले नाँचेको छ
कुमारीको बैंस जस्तो कुन फूल हाँसेको छ?
जानि-जानि यस्तो बेला मलाई रुवाँउनेलाई

भन्दिनु है, भन्दिनु मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
भन्दिनु है, भन्दिनु मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ

माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फूलाउनेलाई

भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ



Credits
Lyrics powered by www.musixmatch.com

Link