Pani Ko Foka

पानीको फोकाजस्तै फुट्यो हाम्रो माया
नचाहँदानचाहँदै छुट्यो हाम्रो माया
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया
नचाहँदानचाहँदै छुट्यो हाम्रो माया

अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

हो, पानीको फोकाजस्तै फुट्यो हाम्रो माया
नचाहँदानचाहँदै छुट्यो हाम्रो माया

जानिनछु मैले मनको माया देखाउन
सकिनछु तिम्रो मनमा माया लेखाउन
जानिनछु मैले मनको माया देखाउन
सकिनछु तिम्रो मनमा माया लेखाउन
सबै दोष मेरै भनी मानूँ म कसरी?
सबै दोष मेरै भनी मानूँ म कसरी?
तिमीलाई पराई पनि ठानूँ म कसरी?

अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

हो, पानीको फोकाजस्तै फुट्यो हाम्रो माया
नचाहँदानचाहँदै छुट्यो हाम्रो माया

कहिले तिम्लाई आफ्नो ठानिन र मैले?
तिमीले भनेको के मानिन र मैले?
कहिले तिम्लाई आफ्नो ठानिन र मैले?
तिमीले भनेको के मानिन र मैले?
त्यसै-त्यसै रिसाएर कहाँ गयौ तिमी?
त्यसै-त्यसै रिसाएर कहाँ गयौ तिमी?
दोष सबै मलाई दिई टाढा भयौ तिमी

अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

हो, पानीको फोकाजस्तै फुट्यो हाम्रो माया
नचाहँदानचाहँदै छुट्यो हाम्रो माया



Credits
Lyrics powered by www.musixmatch.com

Link