Timi Arkai Gharko

(तिमी अर्कै घरको मान्छे
म अर्कै घरको मान्छे)२
सबै कुरा कहाँ मिल्ला
(केहि तिमी सहँनु
बाँकी मै सहुँला)२

(समाजले सय थरी कुरा काटि देला)२
आफुलाई पनि हो जस्तो लाग्ला
आँशु पनि झर्ला
त्यो आँशु पछिको अङ्गालो
सन्सारै हो हाम्रो ...
भन्नेले जे जे भनुन
यहि माया हो राम्रो
तिमी अर्कै घरको मान्छे

(सादा खाउँला पुरानै लगाउँला)२
दुखै दुखको बीच खुशी खोजौँला
बरु ज्यानै दिउँला...
यो हाम्रो माया जुनी जुनी जोगाउँला

जगत बैरी भए नि सङ्ग-सङ्गै रमाउँला
तिमी अर्कै घरको मान्छे ...
म अर्कै घरको मान्छे)२
सबै कुरा कहाँ मिल्ला
(केहि तिमी सहँनु
बाँकी मै सहुँला)२



Credits
Writer(s): Eak Narayan Bhandari, Saugat 'sayar', Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link