Tyo Tala Panderima

त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै, हो
त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै
माया हाम्रो बसिगयो मन छेउ नजानी ख्यालख्यालैमा
नजानी ख्यालख्यालैमा

पहाडकी रानी तिमी, गुराँससरि यो मनमा फुलिदियौ
पहाडकी रानी तिमी, गुराँससरि यो मनमा फुलिदियौ
जानी नजानी तिम्ले मलाई गालाभरि चुमिदियौ नि, लै-लै
गालाभरि चुमिदियौ

त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै, हो
त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै
माया हाम्रो बसिगयो मन छेउ नजानी ख्यालख्यालैमा
नजानी ख्यालख्यालैमा

बैँसालु यौवन तिम्रो मुटुभरि सलबलाइरह्यो
बैँसालु यौवन तिम्रो मुटुभरि सलबलाइरह्यो
कसो-कसो गर्दाखेरि ओठ हाम्रो जुधिगयो नि, लै-लै
ओठ हाम्रो जुधिगयो

त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै, हो
त्यो तल चिसो-चिसो पँधेरीमा
तिमीसँग रुझीरुझी खेल्दाखेल्दै
माया हाम्रो बसिगयो मन छेउ नजानी ख्यालख्यालैमा
नजानी ख्यालख्यालैमा

नजानी ख्यालख्यालैमा
नजानी ख्यालख्यालैमा



Credits
Writer(s): Mongolian Heart
Lyrics powered by www.musixmatch.com

Link