Phool Butte Sadi

फूलबुट्टे सारी, सुनबुट्टे पारी
हो, फूलबुट्टे सारी, सुनबुट्टे पारी
टलल, सिरैमा चन्द्रमा टलल
नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
हो, नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
झलल, देखियो ठुल्दिदी झलल
तीजैको रमझममा, हो, तीजैको रमझममा

फूलबुट्टे सारी, सुनबुट्टे पारी
टलल, सिरैमा चन्द्रमा टलल
नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
झलल, देखियो ठुल्दिदी झलल
तीजैको रमझममा, हो, तीजैको रमझममा

हे, उसै त गोरी, तीजकी मोरी
बिदाचाहिँ कसरी दिँदा हुन्?
तिलरी छड्के, नजर ती कड्के
भिनाजु भुतुक्कै हुँदा हुन्

उसै त गोरी, तीजकी मोरी
उसै त गोरी, तीजकी मोरी
बिदाचाहिँ, बिदाचाहिँ कसरी दिँदा हुन्?
तिलरी छड्के, नजर ती कड्के
भिनाजु, भिनाजु भुतुक्कै हुँदा हुन्
तीजैको रमझममा, हो, तीजैको रमझममा

फूलबुट्टे सारी, सुनबुट्टे पारी
टलल, सिरैमा चन्द्रमा टलल
नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
झलल, देखियो ठुल्दिदी झलल
तीजैको रमझममा, हो, तीजैको रमझममा

हे, बदामी आँखा, छ दामी ओठ
अप्सरा होस् कि तँ परी होस्?
लाग्दा हुन् तँलाई हेर्नेको ताँती
खडेरी होस् कि लौ, झरी होस्

बदामी आँखा, छ दामी ओठ
बदामी आँखा, छ दामी ओठ
अप्सरा, अप्सरा होस् कि तँ परी होस्?
लाग्दा हुन् तँलाई हेर्नेको ताँती
खडेरी, खडेरी होस् कि लौ, झरी होस्
तीजैको रमझममा, हो, तीजैको रमझममा

फूलबुट्टे सारी, सुनबुट्टे पारी
टलल, सिरैमा चन्द्रमा टलल
नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
झलल, देखियो ठुल्दिदी झलल
तीजैको रमझममा, हो, तीजैको रमझममा

हे, मनमाया काकी, गहना लाकी
सिरदेखि पाउसम्म छपक्कै
के विधि राम्री भाकी हुन् कुन्नि
रूपै छ बलेको धपक्कै

मनमाया काकी, गहना लाकी
मनमाया काकी, गहना लाकी
सिरदेखि, सिरदेखि पाउसम्म छपक्कै
के विधि राम्री भाकी हुन् कुन्नि
रूपै छ, रूपै छ बलेको धपक्कै
तीजैको रमझममा, हो, तीजैको रमझममा

फूलबुट्टे सारी, सुनबुट्टे पारी
टलल, सिरैमा चन्द्रमा टलल
नम्बरी सुनझैँ, पूर्णेको जूनझैँ
झलल, देखियो ठुल्दिदी झलल
तीजैको रमझममा, हो, तीजैको रमझममा



Credits
Lyrics powered by www.musixmatch.com

Link